• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

उम्मेदवारलाई बराहक्षेत्रका युवाले सोधे : ‘कस्तो विकास गर्नुहुन्छ ?’


बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित

बराहक्षेत्र : बराहक्षेत्रका युवासँग संघीय सांसदका उम्मेदवार अशोक राईले साक्षात्कार गरेका छन् । बराहक्षेत्र बहुआयामिक सचेतना समूहमा आबद्ध स्वतन्त्र युवाहरुसँग साक्षात्कार गर्दै उम्मेदवार राईले बराहक्षेत्रको सन्तुलित विकासमा आफ्नो ध्यान जाने बताए।

Advertisement

उनले युवाहरुका मुद्दा र विषयमा नीतिगत निर्णय गरी लागूऔषध दूव्र्यसनको जालोलाई तोड्ने गरी काम गर्न सकिने बताए।

प्रदेशमा खेलकुद र संगीतको विश्वविद्यालय सञ्चालन गर्नका लागि नीति ल्याउने बताए।
उम्मेदवार राईले युवाहरुलाई सम्बोधन गर्दै लागूऔषधविरुद्धको जालो तोड्न ठोस योजना ल्याउने सुनाए।

‘कानुनले लागूऔषध सेवनकर्तालाई भन्दा यसको सप्लाई गर्नेलाई अपराधी मान्दो रहेछ, लागूऔषध कसरी आउँछ, आफैं आकाशबाट त खस्दैन होला,’ उम्मेदवार राईले भने, ‘मुलुकको राष्ट्रिय अनुसन्धानले समेत लागूऔषधको नेटवर्क ब्रेक गर्ने दिशामा सोच्नुपर्छ, हामीले त्यस्तो सञ्जाललाई तोड्न ठोस योजना ल्याउन आवश्यक नीति निर्माण गर्ने छौं ।’

उम्मेदवार राईले युवालाई खेलकुद र संगीतको माध्यमद्वारा युवालाई प्रोत्साहित गर्नुपर्ने बताए । यसका लागि प्रदेश सरकारमार्फत् ‘स्पोर्टस् एण्ड म्युजिक युनिभर्सिटी’ निर्माण गर्न सकिने योजना सुनाए ।

मधेस प्रदेशको उदाहरण दिंदै उम्मेदवार राईले भने, ‘मधेस प्रदेशले पाँच वर्षमा तीन वटा युनिभर्सिटी स्थापना गर्यो, हाम्रो १ नम्बर प्रदेशले त्यो दिशामा योजना ल्याउन सकेन ।’ राईले आगामी पाँच वर्षमा प्रदेश १ मा कम्तिमा दुई वटा विश्वविद्यालय सञ्चालन गर्ने गरी योजना निर्माण गर्नुपर्ने बताए । उनले कृषि विश्वविद्यालय र खेलकुद तथा संगीत विश्वविद्यालयको सञ्चालन गर्ने गरी अवधारणा ल्याएर काम गर्नुपर्ने बताए ।

एजेण्डाका विषयमा छलफल गर्दै उम्मेदवार राईले कोशी नदीमा जल पर्यटनको सम्भावनालाई आत्मसात् गर्नुपर्ने बताए । ‘कोशी नदीमा जेटबोट सञ्चालन भइरहे पनि कोशीको उपयोगिता यतिमै सीमित हुँदैन,’ उम्मेदवार राईले भने, ‘कोशी टप्पुदेखि दोलालघाटसम्मको जेटबोट यात्रासँगै नदीमा जलपर्यटन र वाटर स्पोर्ट्सका गतिविधि बढाउनुपर्ने देखिन्छ ।’ उम्मेदवार राईले कोशी नदी किनारलाई समर सिटीका रुपमा विकास गर्ने अवधारणा ल्याइनुपर्ने बताए ।

बराहक्षेत्रको वृहत्तर विकासमा नेतृत्वहरुले ध्यान नदिएको युवाहरुले गुनासो गरेका छन् । निर्वाचित भएर गएका पार्टीका नेतृत्वहरुले सन्तुलित विकासको अवधारणालाई समेट्न नसकेको बराहक्षेत्रका युवाहरुको गुनासो थियो ।

बराहक्षेत्र बहुआयामिक सचेतना समूहमा आबद्ध स्वतन्त्र युवाहरुले सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका उम्मेदवार अशोककुमार राईसामु संशय व्यक्त गरे । मंगलबार युवा भेला आयोजना गरेको सचेतना समूहका युवाले बराहक्षेत्र विकासका लागि उम्मेदवारको एजेण्डाबारे जानकारी लिए । उपस्थित पत्रकारहरुले समेत उम्मेदवारलाई विकास योजनाबारे सोधेका थिए।

बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.