• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

चाडपर्व लक्षित नेपाली फिल्म


बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित

काठमाडाैं : चाडपर्वमा फिल्मले राम्रो व्यापार गर्ने देखिएपछि निर्माता तथा निर्देशकले प्रदर्शन तोक्ने गरेका छन् । गएको दसैँ लक्षित फिल्म ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ ले दर्शकको राम्रो साथ पायो । यसअगाडीको दसैँ तिहारमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेको वितरक करण श्रेष्ठ बताउछन।

Advertisement

‘दर्शकहरू चाडपर्वको माहोलमा रहने हुँदा फिल्मले राम्रो व्यापार गरिरहेको पाइन्छ । यसैकारण पनि चाडपर्वमा प्रदर्शनको लागि डेट पाउन मुस्किल हुनेगरेको छ’ वितरक श्रेष्ठले भने। तिहारलाई लक्षित गर्दै चार फिल्म प्रदर्शन हुदैँछन् । कात्तिक ४ मा ‘के घर के डेरा’ र ‘नालापानी’, कात्तिक ११ मा ‘महापुरूष’ र कात्तिक १८ मा ‘लाखे’।

अभिनेता दयाहाङ राईले आफू अभिनित फिल्म ‘के घर के डेरा’ ले दुवैतर्फको कथा भन्ने जानकारी दिए।उनी भन्छन, ‘डेरामा बस्ने मात्र नभइ घर हुनेको पनि छुटै पीडा हुन्छ । हामीले मध्यमार्गी भएर कथा देखाउने कोसिस गरेका छौँ । मलाई भने डेराको समयमा फर्कायो।’ फिल्ममा अभिनेता राईसँगै विपीन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ।

सन् १८१४ मा देहरादुनस्थित नालापानीगढीमा भएको अङ्ग्रे्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधारित ‘नालापानी’ वर्षौंको मेहनतले तयार गरिएको अभिनेता अर्जुनजंग शाहीले बताए। यसमा अभिनेता शाहीसँगै देशभक्त खनाल, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, सहिना भट्टराई, गीत विष्ट, युगजङ्ग कार्की लगायतको अभिनय छ । फिल्मलाई रिमेश अधिकारीले निर्माण तथा निर्देशन गरेका हुन् । कात्तिक ११ गतेबाट प्रदर्शन हुने ‘महापुरूष’ मा अभिभावकको एक्लोपनको कथा देखाइएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले जानकारी दिए।

आफ्नो व्यस्त जीवनमा रमाइरहेको सन्तान र अभिभावकबीचको सम्बन्ध र चाहनालाई सरल रुपमा प्रस्तुत गरिएको निर्देशक भट्टराईले बताए। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन। निर्देशक भट्टराईले यसअगाडि जात्रा, शत्रु गते र जात्रै जात्राको निर्देशन गरिसकेका छन।

द्वन्द्वप्रधान फिल्म ‘लाखे’ मा सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संयोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायतका कलाकारको अभिनय रहेको छ । ‘यसको मेकिङ निकै मेहनत गरिएको छ । विदेशी फिल्म झैँ द्वन्द्वमा मेहनत गरिएको छ,’ अभिनेता ताम्राकारले भने। सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका छन।

बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

भर्खरै

  • १.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • २.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ३.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ४.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ५.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ६.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ७.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ८.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.