काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रोकिएको छ । जसका कारण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ ।
Advertisement
दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णालीलगायत पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।