काठमाडौँ । नेपालबाट चालू आर्थिक वर्ष २०७९–८० को दुई महिनामा झण्डै एक अर्ब रुपैयाँको अलैँची निर्यात भएको छ ।
Advertisement
उक्त समयमा नेपालबाट ९१ करोड ६७ लाख रुपैयाँको अलैँची निर्यात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले जनाएको छ ।
यस अवधिमा नेपालबाट विदेशतर्फ ११ लाख २५ हजार ९५० किलोग्राम अलैँची निर्यात भएको हो । नेपालबाट निर्यात भएको सबै अलैँची भारतमा लगिएको हो ।
यस्तै, सोही अवधिमा नेपालबाट नौ करोड ६० लाख रुपैयाँ बराबरको अदुवा निर्यात भएको छ । नेपालबाट दुई महिनाको अवधिमा २९ लाख ५९ हजार किलोग्राम अदुवा निर्यात भएको विभागले जनाएको छ ।