काठमाडौँ । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरा १३ कैलाली गाउँका ३१ वर्षीया दुर्गा ओझा रहेका छन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार कैलालीगाउँ जाने भित्री सडकखण्डमा ओझाले चलाएको से ६ प ३९३६ नंको मोटरसाइकल नालीमा पल्टिएको थियो ।
उनको टाउको र अनुहारमा चोट लागेको थियो । ओझाको माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।