• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

चुनावको दोस्रो परीक्षामा रञ्जु दर्शना


बिहिबार, असोज २७, २०७९ मा प्रकाशित

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एक स्वतन्त्र उम्मेद्वार हुन्, रञ्जु दर्शना । उनले काठमाडौँ ५ बाट उम्मेदवारी दिएकी छन् ।

Advertisement

विद्यार्थी राजनीति पृष्ठभूमिबाट आएकी रञ्जु ०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरको मेयर पदमा विवेकशील साझा पार्टीबाट चुनाव लडेकी थिइन् । त्यसबेला उनले २३ हजार ४३९ मत ल्याएर विद्यासुन्दर शाक्यसँग पराजित भएकी थिइन् ।

०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी मौन बसिन् । झण्डै ८–९ महिनाअगाडि विवेकशील साझा पार्टी त्याग गरेकी रञ्जु आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र चुनाव लड्दै छिन् ।

‘मैले पुरानो पार्टी त्याग गरेर स्वतन्त्र उम्मेद्वारी दिएको हुँ, आगामी निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिन्छु भनेर विगत ७–८ महिनादेखि नै घोषणा गरेको थिएँ, स्थानीय तहको निर्वाचनले पनि स्वतन्त्र उम्मेदवारलाई सकारात्मक हिसाबले हेरिएकाले मैले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको हुँ,’ नेपाली हेडलाइनसँग कुरा गर्दै उनले भनिन्, ‘यसअघिको निर्वाचनमा काठमाडौँ महानगर २, ३, ४, ५ बाट राम्रै मत प्राप्त गरेको थिएँ, अहिले थपिएका बूढानीलकण्ठ र टोखा नगरपालिकाका वडाका लागि पनि परिचित छु ।’

काठमाडौँ ५ मा यसअघिको निर्वाचमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेसका नेता प्रकाशशरण महतलाई पराजित गरी विजयी भएका थिए । यसपटकको निर्वाचनमा पुनः पोखरेल उम्मेद्वार बनेका छन् । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका नेता प्रदीप पौडेल चुनावी मैदानमा छन् । यस कारण काठमाडौँ ५ को चुनावी माहोलमा प्रभावशाली अनुहार देखिएका छन् ।

रञ्जुले काठमाडौँ ५ नै रोज्नुमा आफूले प्राथमिक स्तरदेखि स्नातकसम्म अध्ययन गरेको भूगोल यही भएकाले उक्त क्षेत्रमा बढी योगदान गर्न सक्छु भनेर उम्मेद्वारी दिएको बताइन् । ‘क्षेत्र नं ५ को इतिहास हेर्ने हो भने जननेता मदन भण्डारी र कांग्रेसका बौद्धिक नेता नरहृदय आचार्य पनि निर्वाचित भएको क्षेत्र हो, यसको अर्थ क्षेत्र नं ५ का मतदाताहरुको रोजाइमा जुझारु, बौद्धिक उर्जाशील नेतृत्व पर्ने भएकाले मैले पनि त्यही रुपमा पाउँछु र मतदाताको रोजाइमा पर्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

अन्य पार्टीका प्रभावशाली उम्मेद्वारबीच चुनावी मैदानमा होमिदा यसअघि जस्तै चर्चामा मात्र सिमित रहन्छ कि भन्ने धेरैले आकलन पनि गरिएको छ । चुनावी मैदानमा आइसकेपछि आफ्नो एजेण्डालाई अगाडि सार्ने र अनुहारलाई त्यो एजेण्डाले दर्शाउनु पर्छ भन्ने लागेको रञ्जुले त्यहीअनुसार चुनावी तयारीमा जुटेका छन् ।

‘यो व्यक्तिले जित्न सक्छ है, जित्न सक्ने क्षमता राख्छ भन्ने बुझ्नु भएको भएर विपक्षीले उम्मेद्वारी फिर्ता लिन दबाब दिए, म संयमताका साथ मेरो एजेण्डालाई उठाउँदै पछ्याउँदै चुनावी मैदानमा आउँछु र होमिन्छु,’ उनले भनिन् ।

मंसिर ४ मा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाका लागि झण्डै एक हजारको हाराहारीमा स्वतन्त्र उम्मेद्वार चुनावमा सहभागी हुँदै छन् । यस निर्वाचनमा ठूला पार्टीबाट पार्टी परित्याग गरेर समेत उम्मेद्वारी दर्ता भएको छ ।

देशको हरेक संस्थालाई दलीयकरण गर्ने साथै जे कामका लागि पनि चाकडी गर्नु पर्ने खालको प्रवृत्तिबाट युवाहरू वाक्क भएर यो प्रणाली सुधार गर्न स्वतन्त्र उम्मेद्वारको आवश्यकता रहेको उनको भनाइ छ । ‘स्वतन्त्रको लहर आएकाले पार्टी प्रणाली सुध्रिनु पर्छ भन्ने हो,’ उनले भनिन् ।

उनले आफ्नो चुनावी एजेण्डा आगामी शनिबार एक कार्यक्रम आयोजना गर्दै सार्वजानिक गर्दै छिन् ।

  • परीक्षा
बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी
टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो
भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला
भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

भर्खरै

  • १.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • २.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

  • ३.
    भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

  • ४.
    भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

  • ५.
    बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ६.
    प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

  • ७.
    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

  • ८.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.