काठमाडौँ । किक्रेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले बलात्कारको अभियोगमा थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । उनी प्रहरी हिरासत रहेका छन् ।
Advertisement
गत २० असोजमा पक्राउ परेका लामिछानेलाई सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । आज प्रहरीले पुनः ७ दिन म्याद मागेको थियो ।
सन्दीपका वकिलले ७ दिन धेरै हुने भएको बताएका थिए । अदालतले भने ५ दिन म्याद थपेको हो ।