काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिने भएको छ ।
Advertisement
नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई असोज २० गते पक्राउ गरेको थियो । क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने भएको हो ।
गत २० गतेदेखि लागू हुने गरी प्रहरीले अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएकोमा पुनः म्याद थप गर्न लागिएको हो ।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि बलात्कार गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध उजुरी परेको थियो ।
अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएसँगै उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।