काठमाडौँ । बाराको निजगढ नगरपालिका २ का वडाध्यक्ष राजु श्रेष्ठ (राजन)विरुद्ध एक नाबालिकलाई बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् ।
Advertisement
पीडितका तर्फबाट वडाध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार इलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो । श्रेष्ठले १५ वर्षकी नाबालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लोख छ ।
दसैंको टीकाका दिन असोज १९ गते श्रेष्ठले आफ्नै घरमा आफूमाथि बलात्कार गरेको जाहेरी किशोरीले दिएकी हुन् । अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी परेको प्रहरी स्रोतले जनाएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारी औपचारिक रूपमा बोल्न मानेनन् । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेस पार्टीबाट वडाध्यक्षमा विजयी भएका थिए ।