काठमाडौं – डेंगु संक्रमणले एकै दिन २ जनाको मृत्यु भएको छ । योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५४० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै साउनयता संक्रमण हुनेको संख्या २८ हजार १०९ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार मुस्ताङबाहेक सबै जिल्लामा डेंगु देखिएको छ । त्यसमध्य सबैभन्दा धेरै संक्रमण काठमाडौं उपत्यकामा देखिएको छ ।
प्रदेश अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा तीन हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ । गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण पुष्टि भएको छ ।