काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई मातृ शोक परेको छ । मुख्यमन्त्री पाण्डेकी आमा मनमाया पाण्डेको आज ८७ वर्षको उमेरमा निधन भएको हो ।
Advertisement
मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीका अनुसार मनमायाको आज बिहान ३ बजे काठमाडौँको सितापाइलामा निधन भएको हो । स्वर्गीय पाण्डेका मुख्यमन्त्री पाण्डे, नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेसहित पाँच छोरा र तीन छोरी छन् ।
मुख्यमन्त्री पाण्डे बागमती प्रदेशको राजधानी हेटौँडा र एमाले नेता पाण्डे चितवनमा रहेकाले उनीहरु काठमाडौँ आउनेबित्तिकै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।