• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

युएनएफपिएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


बुधबार, असोज १२, २०७९ मा प्रकाशित

काठमाडाैं : सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र साझेदारीमा महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक स्वास्थ्य सामग्री, ‘डिग्निटी किट’ र किशोरी किट वितरण गरेको छ । गत हप्ता अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट सो प्रदेशका विशेष गरी महिला तथा किशोरी वढी प्रभावित भएका जनाइएको छ ।

Advertisement

दार्चुला जिल्ला अस्पताललाई पाँच र महाकाली नगरपालिका–२ स्थित स्वास्थ्यचौकीलाई दुई स्थान प्रजनन स्वास्थ्य सामग्री (आरएच किट्स) प्रदान गरेको युएनएफपिएद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । प्रजनन स्वास्थ्य सामग्रीमा यौनजन्य सङ्क्रमणको उपचार गर्न, सुत्केरी गराउन र प्रसूतिसम्बन्धी जटिलताको व्यवस्थापन गर्न र बलात्कार भएको अवस्थामा उपचारका लागि आवश्यक औषधि तथा सामग्री समावेश गरिएको जनाइएको छ ।

राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी एजेन्सीका रुपमा कार्यरत युएनएफपिएले सुदूरपश्चिम प्रदेशका दार्चुला, अछाम र कैलाली जिल्लामा विपत्का प्रभावित महिला तथा किशोरीहका लागि चार सय ६२ डिग्निटी किट्स र दुई सय ७० किशोरी किट्स वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

गर्भवती र सुत्केरीसहित महिला तथा किशोरीहरुको महिनावारीलगायत आधारभूत स्वच्छता तथा सुरक्षाको सुनिश्चतताका लागि डिग्निटी किट्स र किशोरी किट्स वितरण गरिएको हो । उक्त किट्सहरुमा विपत्का बेला महिला तथा किशोरीका लागि चाहिने अत्यावश्यक सामग्रीहरु राखिएका छन् ।

उक्त सामग्रीहरु वितरणसँगै युएनएफपिएले यौन तथा अन्य हिंसाको जोखिम सम्बोधन गर्न हिंसा रोकथामसम्बन्धी सन्देश तथा त्यससम्बन्धि सेवा प्रवाह गर्ने निकायहरुको नाम, टेलिफोन नम्बर तथा जानकारीसमेत प्रदान गरेको जारी विज्ञप्तिमा जनाइएको छ। स्वास्थ्य सामग्रीमा परिवार नियोजनका साधनसमेत समेटिएका छन् ।

जिल्ला अस्पताल दार्चुलाका मेडिकल सुपरिटेन्डेन्ट डा आदर्श लिम्बूले सामग्री ग्रहण गर्दै विपत्का बेला महिला तथा किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवालाई निरन्तरताका दिन युएनएफपिएको सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

सो अवसरमा युएनएफपिएका नेपाल प्रतिनिधि योङ होङले भने, ‘मानवीय विपत्का बेला विद्यमान लैङ्गिक विभेद तथा यौन तथा प्रजनन स्वास्थ्यमा गरिने बेवास्ताका कारण महिला तथा किशोरी सबैभन्दा बढी प्रभावित हुन्छन् । अझ प्रभावितका लागि व्यवस्था गरिएका अस्थायी टहरा तथा आश्रयस्थलमा लैङ्गिक हिंसाको जोखिम बढी हुन्छ । सुदूरपश्चिममा मात्र होइन मुलुकका अन्य भागमा समेत मानवीय विपत्का बेला महिला तथा किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यकतालाई प्रभावकारीरुपमा सम्बोधन गर्नका लागि सरकार तथा प्रमुख सरोकारवालाहरुलाई तयारी अवस्थामा रहून् भनेर सुनिश्चित गर्न युएनएफपिए प्रतिबद्ध छ ।’

विज्ञप्तिमा मानवीय विपत्का बेला महिला तथा किशोरीहरुले यौन तथा प्रजनन स्वास्थ्य तथा लैङ्गिक हिंसा सम्बोधन गर्ने सेवा निरन्तर रुपमा पाइरहून् भनेर सुनिश्चितता गर्न यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी मध्य तथा दीर्घकालीन आवश्यकताहरु पहिचानगर्नका लागि सरकारलाई सहयोग पुर्‍याउन युएनएफपिए साझेदार संस्थाहरुसँग कार्य गरिरहेको जनाइएको छ । युएनएफपिएले मानवीय विपत्लाई प्रभावकारी रुपमा सम्बोधन गर्न अष्टे«लिया र बेलायत सरकार तथा युरोपियन युनियनको सहयोगमा विभिन्न किसिमका ७० सेट यौन तथा प्रजनन स्वास्थ्य सामग्री (आर एच किट्स्) एवं १० हजारभन्दा बढी डिग्निटी र किशोरी किट्सहरु तयारी अवस्थामा राखेको छ।

बुधबार, असोज १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

  • २.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • ३.
    सुनचाँदीको मूल्य बढ्यो

  • ४.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ५.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ६.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ७.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ८.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.