काठमाडौं- एक सात वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा मोरङमा एक २१ वर्षे युवक पक्राउ परेका छन्।
Advertisement
लेटाङ नगरपालिका–२ बुधबारेका विशाल रम्तेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरेका रम्तेलले मदिरा पसलमा ती बालिकालाई बाल यौन दुरुपयोग गरेको आरोप छ। प्रहरी चौकी बुधबारेको टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।