काठमाडौँ । नेपाली कांग्रेसको पार्टी कार्यालयमा डा. शेखर कोइराला पक्षले धर्ना दिने भएको छ ।
Advertisement
सोमबार बसेको शेखर पक्षको बैठकले आगामी १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा धर्ना दिने निर्णय गरेको हो ।
यस्तै, १४ गतेसम्म समानुपातिक सूची नसच्याए थप विरोध गर्ने बैठकको निर्णय छ ।
प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवा पक्षले समानुपातिक सूचीमा कोइराला पक्षबाट १३ जनाको मात्रै नाम समावेश गरेको छ ।