काठमाडौं- फ्लाइ दुबईको उडानबाट दुबई जानका लागेका एक थाई नागरिक अवैध विदेशी मुद्रासहित पक्राउ परेका छन्।
Advertisement
३८ वर्षीय पोङफोज सिनसुवान नामक थाई नागरिक आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज चेकिङ एरियामा एक्स रेका क्रममा उनको ब्यागबाट अवैध विदेशी मुद्रा बरामद भएको हो।
उनको साथबाट अस्ट्रेलियन डलर ५८ हजार ४०० र अमेरिकी डलर १५ हजार ७०० बरामद भएको छ। उनले उक्त मुद्रा अवैध रूपमा लुकाएर विदेश पुर्याउन खोजेको प्रहरीले जनाएको छ। उनलाई अवैध मुद्रासहित राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको विमानस्थल प्रहरीले जनाएको छ।