काठमाडौं- सरकारले नौजना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूको सरुवा गरेको हो।
कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव भूपेन्द्र थापा गृह मन्त्रालय तानिएका छन्। उनको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्यामकृष्ण थापालाई पठाइएको छ।
प्रधानमन्त्री कार्यालयका सहसचिव प्रेमप्रसाद भट्टराईको गृह मन्त्रालयमा सरुवा भएको छ। घोराही उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद भट्टराईको मधेशको सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ। गृह मन्त्रालयका सुरेश न्यौपाने प्रदेश–१ को पर्यटन मन्त्रालयमा पुगेका छन्। गण्डकीको स्वास्थ्य मन्त्रालयका श्रीराम तिवारीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ। उनको ठाउँमा विश्वबन्धु बगालेलाई पठाइएको छ।
गृह मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारको कर्णालको सामाजिक विकास मन्त्रालय र त्यहाँका कृष्णप्रसाद काप्रीको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ।