काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको नेतृत्वमा जयनेपाल हल प्रांगणमा टुकुचा खोला फेला परेपछि अहिले सञ्चार माध्यम र सामाजिक सञ्जालमा चर्चा चुलिएको छ।
खोला मिचेर घर बनाएको आशंकामा आलोचना भइरहेको छ। तर, ऐतिहासिक दस्तावेज त्यसभन्दा फरक पाइएको छ।
दस्तावेजहरू अनुसार टुकुचा सुरुङ राणाकालको इन्जिनियरिङको एउटा उत्कृष्ट नमूना मानिन्छ। यो ५०० मिटर लामो संरचनाले धेरै बाढी र आधुनिक भवनहरूको भारको सामना गरेको छ।
सम्भवतः यो राणा प्रधानमन्त्री वीरशम्शेरका प्रमुख वास्तुकार जोगवीर स्थापितले डिजाइन र निर्माण गरेको हुन सक्ने अनुमान छ।
विसं १९४९ मा देवशम्शेरले श्री ३ वीर शमशेरको नाममा जारी गरेको दुईछापे छापमा दरबारको अगाडिको आँगन बनाउन टुकुचा छोप्ने उल्लेख छ। हात्तीसार दरबार भनेर चिनिने यो दरबार चिनियाँ दूतावास रहेको जय नेपाल हलको ठीक छेउमा थियो। सानो भाग हाल माया मनोर बुटिक होटेलमा परिणत भएको छ, अहिले।
हेर्नुहोस् दस्तावेज

