काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
Advertisement
आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । माध्यमिक शिक्षासँगै लिएका देउवा र बलायरले उच्च अध्ययनका लागि काठमाडौँ आएर १० वर्ष एउटै कोठामा बिताएका थिए ।
बिरामी बलायर पूर्वमन्त्री वीरबहादुर बलायरका जेठो दाजु हुन् ।