काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन चाँदीको मूल्य स्थिर भएको हो ।
Advertisement
आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।