काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बन्ने दौडमा नभएको स्पष्ट बनाएका छन् । आज पोखरामा पत्रकारसँग कुरा गर्दै उनले आफू प्रधानमन्त्रीको रेसमा नभएको बताएका हुन् ।
पत्रकारसँग प्रचण्डले संघीय निर्वाचनपछि को प्रधानमन्त्री बन्ने भन्ने बारेमा चाहिँ सत्ता गठबन्धनभित्र छलफल हुने स्पष्ट बनाए ।
‘मैले धेरै पहिलेदेखि भनेको छु, प्रधानमन्त्रीकै इच्छा गरेको भए २०७४ मै पाँचै वर्षका लागि म प्रधानमन्त्री हुन सक्थेँ, मेरा लागि त्यो ढोका खुला थियो,’ उनले भने, ‘तर, मैले वाम एकतालाई ठूलो माने र विकास ठूलो भनेर त्यसबेला प्रधानमन्त्री छाडेको हो, प्रधानमन्त्री को बन्ने भन्ने विषयमा हाम्रो छलफल भएको पनि छैन गर्ने पक्षमा पनि अहिले छैन ।’
उलले आफू प्रधानमन्त्री बन्दा देशलाई फाइदा नहुने बताउँदै बाहिरै बसेर सबै मिलाएको संकेत गरे ।