काठमाडौँ । आगामी दसैँ, तिहार र छठका लागि राष्ट्र बैंकले भदौ २६ गतेदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट साट्न सुविधा दिने भएको छ । सर्वसाधारणका लागि भने २९ गतेदेखि नयाँ नोटको साट्न पाउने छन् ।
Advertisement
गत वर्षजस्तै यो वर्ष सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट साट्न पाउने छन् । यो ५ देखि सय रुपैयाँसम्मको एक–एक वटा बण्डल हो ।
बैंक तथा वित्तीय संस्थाले भने दुईदेखि ५ करोड रुपैयाँसम्म नयाँ नोट साट्न पाउने छ ।
राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नु पर्ने भएकाले भदौ अन्तिम सातादेखि सहज तरिकाले नयाँ नोट वितरणको वातावरण मिलाइने बैंकले जनाएको छ ।