काठमाडाैं : नेपाली कांग्रेसले भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका विजयकुमार गच्छदारलाई उम्मेदवार सिफारिस गरेको छ। सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले सर्वसम्मत रुपमा गच्छदारको नाम उम्मेदवारमा सिफारिस गरेको हो।
Advertisement
उनीमाथि बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने काममा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। साथै उनी संसदबाट पनि निलम्बनमा परेका छन।
यस्तै सुनसरी ४ बाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सर्वसम्मत सिफारिस भएका छन। २ मा भने ढुंगानासहित राजीव कोइराला र सिताराम मेहता सिफारिस भएका छन्। सुनसरी १ बाट भने मीन विश्वकर्मा र लक्ष्मी खतिवडालगायतका ५ जना उम्मेदवार सिफारिस भएका छन्।