काठमाडौँ । पोखरा विमानस्थलबाट बिहान ७ बजेर ५९ मिनेटमा उडेको जहाज पुनः पोखरामा नै अवतरण गरिएको छ । मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या आएपछि आपतकालीन अवतरण गरिएको हो ।
Advertisement
पोखरा विमानस्थलबाट उडेको ७ मिनेटपछि नै जहाजमा समस्या देखिएको भन्दै अवतरण गरिएको हो । १८ यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको थियो ।
विमानस्थलका अनुसार सामान्य अवस्थामै जहाज अवतरण भएको हो ।