काठमाडौँ । भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु भएको छ । बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा ४ जना नेपालीको मृत्यु भएको हो ।
Advertisement
घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको समाचारमा जनाइएको छ ।
रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिएको थियो ।
भारतीय सञ्चार माध्यममा अनुसार घाइतेको बाराबंकी जिल्ला अस्पताल र लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । युपी ९३ बी.टी. ९९४४ नम्बरको डबल सिटे बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले बनाउँदै थिए ।
बसमा करिब ६० जना नेपाली मजदुर रहेको जनाइएको छ ।