काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सिंहदरबार गएका छन् । उनी आफूमाथि लागेको आरोपको बयान दिन सिंहदरबार पुगेका हुन् ।
Advertisement
संसदको महाभियोग सिफारिस समितिले आज राणासँग बयान लिने भएको हो । नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलोपटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको हो ।
गत १ फागुनमा सत्तारुढ दलका सांसदले जबराविरुद्ध महाभियोग संसदमा दर्ता गरेका थिए । महाभियोगबारे अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको ११ सदस्यीय समितिको बैठकले १९ भदौभित्र प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने कार्य तालिका पारित गरेको छ ।
जसका लागि १२ भदौसम्म प्रमाण जुटाउने र अध्ययन गर्ने समितिले निर्णय गरेको थियो ।