काठमाडौँ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो दिनभ देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।
Advertisement
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । यसैगरी, राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
मौसम बिभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ