यी देश लुट्नेहरूको
Advertisement
सोचमा डोजर चलाउन जरुरी छ
दिमागमा डोजर चलाउन जरुरी छ
यिनका मनमा डोजर चलाउन जरुरी छ
यिनका विचारमा डोजर चलाउन जरुरी छ
यिनका छातीमा डोजर चलाउन जरुरी छ
यिनका बकम्फुसे सपनामा डोजर चलाउन जरुरी छ
यिनले बसाएका गलत नीतिमा डोजर चलाउन जरुरी छ
यिनका बेथितिमा डोजर चलाउन जरुरी छ
यिनका आँगनमा डोजर चलाउन जरुरी छ
यिनका घरको धुरीमा डोजर चलाउन जरुरी छ
यिनका दोधारे चरित्रमा डोजर चलाउन जरुरी छ
यिनका पीपलपाते बानीमा डोजर चलाउन जरुरी छ
यिनका हुक्के बैठकेमाथि डोजर चलाउन जरुरी छ
यिनलाई उचाल्नेमाथि डोजर चलाउन जरुरी छ
चुनाव आउँंदै छ है
देशलाई माया गर्ने राष्ट्रवासीहरू
यस्ताहरू माथि डोजर दौडाउने दिन आउँंदै छ ।।