काठमाडौं– फेसन डिजाइनर सीमा सजदेह र बलिउड अभिनेता निर्देशक सोहेल खान २४ वर्षपछि अलग हुँदैछन् ।
Advertisement
हाल उनीहरु छुट्टाछुट्टै अपार्टमेन्टमा बस्दै आएका छन् । दम्पतीका दुई छोरा निर्वाण र योहान छन् ।
सोहेल र सीमाले सन् १९९८ मा भागेर विवाह गरेका थिए । सीमा दिल्लीकी हुन् र फेसन डिजाइनिङमा करियर बनाउन मुम्बई गइन् । यसैबीच सीमा र सोहेलको पहिलो भेट भएको थियो । सोहेलका अनुसार उनी पहिलो नजरमा सीमासँग प्रेममा परेका थिए । केही समय प्रेम सम्बन्धमा रहेपछि उनीहरुले विवाह गर्ने निधो गरेका थिए ।