काठमाडौँ । कर्णाली प्रदेशबाट निर्वाचित भएका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज सपथ लिने भएका छन् ।
Advertisement
रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको सपथ लिने भएका हुन । सपथ लिएसँगै कर्णाली प्रदेशमा विजयी भएका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री हुने भएका छन् ।
माओवादीले सबै सांसदलाई भागबण्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो ।
पार्टीको निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष दुई मन्त्रीले आइतबार राजीनामा दिएका थिए । उक्त पदमा आज दुई सांसदले मन्त्रीको सपथ लने भएका हुन् ।