काठमाडौँ । आज दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Advertisement
यस्तै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने विभागको अनुमान छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।