पाल्पा । जिल्लाको माथागढी गाउँपालिका ४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय बुवा तिलबहादुर दिशाको हत्या गरेका छन् ।
Advertisement
पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले तिलबहादुरको टाउकोमा चिर्पट हानेका थिए । तिलबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनाबारे स्थानीयले आज बिहान खबर गरेपछि प्रहरी पुगेको थियो । प्रहरीले तिलबहादुरका छोरालाई नियन्त्रणमा लिएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ । आरोपीको नाम गोप्य राखिएको छ ।