काठमाडौँ । दाङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कारको अभियोगमा बबई गाउँपालिका ५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारी पक्राउ परेका छन् ।
Advertisement
अधिकारीले किशोरीलाई फकाएर बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।