काठमाडौं- सोलुखुम्बूबाट बग्ने सोलू खोलामा आएको बाढीले सतर्कता तह पार गरेको छ।
Advertisement
बिहान ८ बजे ‘फ्लड एलर्ट’ जारी गर्दै जल तथा मौसम विज्ञान विभागले उक्त जानकारी दिएका हो।
विभागका अनुसार पछिल्ला तीन घण्टामा सोलुखुम्बुका पेकर्नास र आसपास भारी वर्षा मापन भएको छ।
जसका कारण सोलू खोला बग्ने साल्मे भन्ने ठाउँमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह बढ्दो क्रममा रहेकाले सोलुखोलाको दूधकोशी दोभानसम्मको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।