काठमाडौँ । आगामी चुनावको तयारीसम्बन्धी विभिन्न निर्णय गर्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ ।
Advertisement
विभिन्न सात वटा निर्णय गर्दै बैठक सकिएको हो । बैठकले नेकपा आगामी निर्वाचनका लागि निर्णय गर्ने विशेष अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारको नाम भदौ २२ गतेभित्र पठाउन जिल्ला कमिटीलाई निर्देशन दिएको छ । यस्तै, निर्वाचनपछि भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष ओलीको नाम प्रस्ताव गरिएको छ ।