काठमाडौं- अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सेफ सन्तोष साहका नेपाली मौलिक परिकारको स्वाद, स्वस्तिमा खड्का र निश्चल बस्नेतको ‘साली मन पर्यो मलाई’ अनि फिल्म ‘बाबरी’को ‘चुलबुल चुलबुल’ गीतमा नृत्य। सेफ सन्तोषसहितका सेलिब्रिटीहरूको भव्य जमघट।
बिहीबार मध्याह्नदेखि राति ११ बजेसम्म नयाँ बानेश्वरस्थित अनानिक ब्युटी सैलुन एन्ड स्पामा आयोजित भव्य तिज सेलिब्रेसनको दृश्य हो यो। हाल नेपाल भ्रमणमा रहेका सेफ सन्तोषसँग सेलिब्रिटीको नाचगान कम भव्य थिएन। यो नाचगान शुरुदेखि अन्तिमसम्मै जारी थियो।
अभिनेतृ दीपाश्री निरौला, स्वस्तिमा खड्का, धीरज मगर, अदिती बुढाथोकी, मिस नेपाल प्रियंका रानी जोशी, पूर्वमिस नेपालहरू नम्रता श्रेष्ठ, अनुष्का श्रेष्ठ, अश्मी श्रेष्ठ र मलिना जोशी, चर्चित मेकअप आर्टिस्ट आकृती राजभण्डारी तथा फिल्म ‘बाबरी’को टिम, अभिनेतृ मल्लिका महत, सामाजिक अभियन्ता बन्दना राणा, सांसद नवीना लामा र उनका साथीहरू एवं १४ वटा हिमालको सफल आरोहण गर्ने फोर्टिन्थ पिक विजेता टिम र मिङ्मा डेभिड शेर्पा, सञ्चारकर्मी ओसिन सिटौला, डा. सुर्जना श्रेष्ठ, यती एयरलाइन्सकी चन्दा राई शेर्पालगायत सेलिब्रेसनमा उपस्थित थिए।
बिहीबारको तिज सेलिब्रेसनको उद्देश्य त्यतिमै सीमित थिएन, ‘सिपस्टर बाई अनानिक’को उद्घाटन पनि थियो।
गत वर्ष पनि अनानिकले तिज सेलिब्रेसन आयोजना गरेको थियो। सुर्वीन, स्वस्तिमा खड्का र रीना शेरचन मिलेर गत वर्ष त्यतिबेलाको अनानिकको सानो स्पेसमा तिज सेलिब्रेसन गरेका थिए। त्यस वर्ष ‘क्लोज सर्कल’मा सेलिब्रेसन भएको थियो। खासगरी, स्वस्तिमाको मिल्ने सर्कलको उपस्थिति थियो त्यस बेला। त्यस वर्ष मेकअप एन्ड हेयरमा अनानिक, फुडमा ‘अलफ्ट’ र स्वस्तिमाको सर्कलका साथीहरू भेला भएर तिज मनाइएको थियो।
‘सानो प्रयासमा जीवन खुशी हुन्छ भन्नेमा विश्वास राख्ने मान्छे म,’ सुर्वीन भन्छन्, ‘त्यही क्रममा गत वर्षजस्तै तिज सेलिब्रेसन गरौं भन्ने विचार आयो। यस वर्ष मात्र हामीले अनानिक ब्युटी सैलुन एन्ड स्पाको स्पेसलाई रिनोभेसन गरेर दोब्बर फराकिलो बनाएका छौं। उत्तरतर्फ अनानिक ब्युटी सैलुन स्कुल र दक्षिणतर्फ सिपस्टर बाई अनानिक खोलेका छौं। सिपस्टर बाई अनानिकतर्फको सेक्सनमा भव्य तिज सेलिब्रेसन गर्यौं।’ बीचको स्पेसमा अनानिकले स्पा र साउनाको सेवा दिइरहेको छ।

खासमा, बिहीबार ‘सिपस्टर बाई अनानिक’को उद्घाटन गर्ने योजना थिएन। बिहान मात्र अनानिकको म्यानेजमेन्ट टिमले सेफ सन्तोष र सेलिब्रेटीहरूको उपस्थितिमा सिपस्टरको रिबन काट्न सुझायो। ‘अचानक सिपस्टरको पनि उद्घाटन गर्ने कार्यक्रम तय भयो,’ सुर्वीन भन्छन्, ‘अनि सेफ सन्तोषसहितका सबै सेलिब्रिटीले संयुक्त रूपमा रिबन काटेर सिपस्टरको उद्घाटन गर्नुभयो।’
यस तिज सेलिब्रेसनसँगै अनानिक ब्युटी सैलुन एन्ड स्पाका सञ्चालक सुर्वीन राईको यात्रा ब्युटी व्यवसाय हुँदै फुड एन्ड बेभरेज (क्याफे, बार) व्यवसायतिर पनि विस्तार भएको छ। ‘अब अनानिक टिम यो यात्रामा पनि अगाडि बढेको छ,’ सुर्वीन भन्छन्। सोही क्रममा ‘सिपस्टर बाई अनानिक’ बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
तिजको रौनक अनि ‘सिपस्टर बाई अनानिक’को उद्घाटन। कार्यक्रम यतिमै सीमित थिएन। चर्चित कलाकार दीपाश्री निरौला र डा. सुर्जनाको पनि ‘बर्थ डे’ सेलिब्रेसन पनि भयो, बिहीबार।
झण्डै ११ घण्टा चलेको कार्यक्रमका लागि सबै खानाका परिकार सेफ सन्तोष आफैंले तयार पारेका थिए। दुई दिनको मिहिनेतमा सेफ सन्तोषले खानाका परिकार तयार पारेका हुन्। सेफ सन्तोषका खानाका परिकारको स्वाद चाख्न पाउँदा सेलिब्रिटीहरूको खुशीको सीमा थिएन। नेपाली परिकारलाई संसारभर पुर्याउन योगदान दिँदै आएका सेफ सन्तोषकै हातबाट बनेका परिकारको स्वाद लिन पाउनु कम खुशीको कुरा पनि थिएन !
तिज सेलिब्रेसनका लागि मार्टिक, बर्ड वाइजर, खुकुरी रम, सेतो बाघलगायत बेभरेजको प्रायोजन सम्बन्धित कम्पनीले नै गरेका थिए। ‘यो सेलिब्रेसनका लागि अहोरात्र खटेको मेरो टिमप्रति म सधैं कृतज्ञ रहने छु,’ सुर्वीन भन्छन्, ‘मेरो टिमलाई हृदयदेखि नै धन्यवाद।’
यो पनि पढ्नुहोस्
सुर्वीनको यात्राः ‘हेभन्ली निर्भाणा पाथ’देखि ‘ट्राभल’ हुँदै ब्युटी व्यवसाय