दाङ । बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका ८ पाँचपोखरी बस्ने ४३ वर्षीय मिन बहादुर पुन रहेका छन् ।
Advertisement
आरोपी पुनले ४९ वर्षीया महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । महिलालाई बलात्कार गरेको सूचना प्राप्त भएसँगै प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।