काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरविरुद्ध आफूलाई ‘कुमारी आमा’ भन्दै आएकी निहारिका राजपुतले उजुरी दिने भएकी छन् । आफ्ना गोप्य तस्बिरहरू अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक गरेको उनले उजुरी दिने भएकी हुन् ।
Advertisement
राजपुतले अभिनेत्री मानन्धरविरुद्ध आजै साइबर ब्यूरोमा उजुरी दिने भएकी हुन् । अघिल्लो महिनामा मानन्धरले निहारिका र उनका पूर्वप्रेमी तथा आरोपी शिवराज श्रेष्ठका अन्तरंग तस्बिरहरू सामाजिक सञ्जालमा राखेकी थिइन् ।
शिवराजले आफूलाई बलात्कार गरेपछि बच्चा जन्मिएको भन्दै निहारिकाले न्याय विभिन्न आन्दोलन गर्दै आएकी छन् । यस घटनालाई लिएर उच्च अदालतले जनकपुरले बच्चा र शिवराजको डीएनए टेष्ट गर्न आदेश जारी गरेको छ ।
तर, आरोपी शिवराजले अदालतबाट सफाइ पाइसकेका छन् ।