काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली भइरहेको छ । बाँकी प्रदेशमा मौसमको अवस्था आंशिकदेखि सामान्य रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा प्रदेश १ र बागमती प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।
शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ ।
बागमती प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।