काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले काठमाडौँ महानगरका प्रमुख बालेन शाहको प्रशंसा गरेका छन् ।
Advertisement
काठमाडौँ महानगरभित्र बनेका अवैध घर टहर भत्काउन शाह सक्रिय भएपछि थापाले उनको प्रशंसा गरेका हुन् ।
‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौँलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन्द्र शाहको प्रयास प्रशंसनीय छ,’ थापाले आज सामाजिक सञ्जालमा लेखे ।
उनले शाहको कार्यले तत्काल केही असुविधा भए पनि दीर्घकालमा सबैलाई फाइदा हुने बताएका छन् । ‘तत्काल केही असुविधा भए पनि यसको दीर्घकालमा सबैलाई फाइदा हुन्छ, यस कार्यमा सबैले सहयोग गरौँ,’ थापाले भने ।