काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेर ९५ हजार तीन सय तोकिएको छ । मंगलबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार १६५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।