मुम्बई- बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमित भएका छन्। उनी आफैंले ट्विट गर्दै कोरोना संक्रमित भएको जानकारी दिएका हुन्।
Advertisement
‘म कोरोना संक्रमित भएको छु। जो साथीहरू मेरो सम्पर्कमा आउनुभएको छ, कृपया एकपटक जाँच गराउनु होला,’ उनले ट्विट गरेका छन्।
यसअघि जुलाई २०२० मा पनि उनलाई कोभिड भएको थियो। त्यतिबेला उनलाई अस्पताल नै भर्ना गर्नुपरेको थियो। उनका छोरा अभिषेक र बुहारी ऐश्वर्या पनि संक्रमित भएका थिए।