काठमाडौँ । दुई दशकअघि बहुविवाहको आरोपमा दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् । २० वर्षदेखि फरार रहेका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का ४३ वर्षीय टीकादत्त दुलाललाई प्रहरीले पक्राउ गरेको हो ।
Advertisement
जिल्ला अदालतले दुलाललाई बहुविवाह अभियोगमा एक महिना कैद र एक हजार रूपैयाँ जरिवाना गरेको थियो ।
उनलाई सजाय भुक्तान गर्न कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।