काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीको मूल्य घटेको हो ।
Advertisement
महासंघले आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० र चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेको जनाएको हो । मूल्य घटेपछि आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ घट्दै एक हजार १६५ रुपैयाँमा कारोबार भएको छ ।