काठमाडौँ । जुम्लामा ज्ञानेन्द्र शाही जिताउ अभियान सुरु भएको छ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाबाट उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका शाहीले औपचारिक कार्यक्रम गरी यो अभियान सुरु गरेको बताए ।
Advertisement
सबै स्थानीय तहमा पुगेर स्थानीयबासीसँग भेटघाट गरेपछि अभियान सुरु गरिएको शाहीले बताए । शाहीको प्रचार अभियानअन्तर्गत २८ साउनमा सिंजा गाउँपालिका, २९ साउनमा कनका सुन्दरी गाउँपालिका, ३० साउनमा हिमा गाउँपालिका, ३१ साउनमा तिला गाउँपालिका, १ भदौमा तातोपानी गाउँपालिका, २ भदौमा गुठीचौर गाउँपालिका र ३ भदौमा पातारासी गाउँपालिकामा चुनावी प्रचार अभियान कार्यक्रम गरिएको थियो ।
ज्ञानेन्द्र शाही जिताउ अभियानका लागि जुम्ला बजारमा सम्पर्क कार्यालय खोलिएको छ ।