काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन नेताहरू ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका छन् । उनको शनिबार राति साढे ९ बजे निधन भएको थियो ।
Advertisement
श्रद्धाञ्जली दिन विभिन्न दलका नेताहरू पुगेका हुन् । अहिले अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँण, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालासहित नेताहरू मेडिसिटी पुगेका हुन् ।
गिरिको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिएको हो । त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने छ ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । उनी लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए ।