काठमाडौँ । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै रिसर्चका लागि सिनियर अफिसरमा एक जना, ब्राञ्च म्यानेजरका लागि सुपरभाइजरदेखि सिनियर अफिसरसम्ममा केही संख्यामा कर्मचारी माग गरेको हो ।
Advertisement
यस्तै, रिलेसनसिप म्यानेजरमा असिस्टेन्टदेखि जुनियर अफिसरसम्म केही, म्यानेजमेन्ट ट्रेनीका लागि २० जना र जुनियर असिस्टेन्टका लागि ५० जना कर्मचारीको माग गरेको कम्पनीको सूचनामा उल्लेख छ ।
बैंकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालय, कर्पोरेट कार्यालयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले भदौ ८ गतेभित्र आवेदन दिनु पर्ने छ ।