काठमाडौँ । ताइवानी आकाशमा चिनियाँ विमानले पुनः गस्ती गरेको छ । अर्को अमेरिकी प्रतिनिधिमण्डलको स्वशासित टापुको भ्रमण गरिहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो ।
Advertisement
कूल १७ चिनियाँ सैन्य विमान र पाँच वटा जहाजले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको छ । पिपुल्स लिबरेसन आर्मी एयर फोर्स (पीएलएएएफ)का १७ वटा विमानमध्ये चार सुखोई एसयू ३० लडाकू विमान, तीन सेनयाङ जे ११ जेट फाइटर, दुई शेनयाङ जे १६ जेट लडाकु विमान र एउटा सान्सी वाई ८ छन् ।
यसअघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेइ भ्रमणको विरोधमा चीनले ताइवानको रक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । उनको भ्रमणको चीनले निन्दा गरेको थियो ।
ताइवानलाई चीनले आफ्नो अभिन्न अंश मान्दै आएको छ । ताइपेइले आफूलाई एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश ठान्छ ।