काठमाडौं– मिलन चाम्सको निर्देशन रहेको फिल्म ‘बर एन्ड बधु’ १९ फागुनबाट प्रदर्शनमा आउने भएको छ ।
Advertisement
रोमानियामा फिल्मको छायाङ्कन सकेर नेपाल फर्किएलगत्तै निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेको हो । फिल्म प्रदर्शनका लागि १९ फागुन उपयुक्त देखेर प्रदर्शन मिति तोकिएको निर्देशक चाम्सले बताए । चाम्सले वितरकले पनि फागुनलाई प्रदर्शनका लागि सुझाएको सुनाए ।
प्रेमकथामा निर्माण भएको फिल्ममा आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । रोमानियामा छायाङ्कनका केही तस्वीर समेत निर्माण पक्षले सार्वजनिक गरेका छ । जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन् ।