काठमाडौँ । मध्यपुर थिमि १, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउण्डको ढोकाले च्यापिएर बालिकाको मृत्यु भएको छ ।
Advertisement
स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउण्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका ८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो ।
ढोकाले किचेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।