काठमाडौँ । नेकपा माओवादी केन्द्रले संघ र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता गरेको छ । नेता लीलामणि पौडेल, मुक्ति प्रधानलगायतका नेताहरू निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन् ।
Advertisement
माओवादी केन्द्र र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति भइसकेको समेत नेताहरूले बताएका छन् ।
निर्वाचनसम्बन्धी ऐनको एउटै चुनाव चिह्न प्रयोगसम्बन्धी व्यवस्थाअनुसार दुई पार्टीले एउटै चुनाव चिह्न लिने निर्णय गरेर आयोगलाई जानकारी गराउने उनको भनाइ छ ।